Search
Close this search box.

सुनको भाउ तोलामा १२ सय बढ्यो

बिहीबार फेरि सुनको भाउ बढेको छ । बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुन बिहीबार १२ सय बढेको छ ।  नेपाल सुनचाँदी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

बुधबार १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदी भने प्रतितोला २५ रुपैयाँ बढेर १३६० रुपैयाँमा कारोबार भएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan