Search
Close this search box.

नेपालमा वार्षिक १६ हजार क्षयरोगीहरुको मृत्यु

नेपालमा वार्षिक सरदर १६ हजार क्षयरोगीहरुको मृत्यु हुने एक तथ्याङ्कले देखाएको छ । विश्व क्षयरोग दिवस २०२३ को अवसरमा हेटौंडामा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा आयोजित पत्रकार सम्मेलनमा नेपालमा प्रतिवर्ष १६ देखि १७ हजार सम्मका क्षयरोग लागेका विरामीहरुको मृत्यु हुने बताइएको हो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा वार्षिक ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाहरुको मृत्यु हुने देखाएको छ । सरदर प्रतिदिन १२३ नयाँ रोगी पत्ता लगाउने, १८ जनाको मृत्यु हुने र ३४ जना हराउने गरेको  स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन जीतेन्द्र कुमार कर्णले बताए ।

मकवानपुरमा क्षयरोग लागेको विरामीहरुमा तीन प्रतिशत विरामीको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । क्षयरोग लाग्ने व्यक्तिको उमेर प्रायः १५ वर्षदेखी ५० वर्ष सम्मको मानिसहरुको संख्या बढि रहेको छ ।
 नेपाल सरकारले सन् २०५० मा नेपाललाई क्षयरोग मुक्त बनाउने योजना सहित डट्स नीति ल्याएसँगै कार्य सुरुवात गरिएको पाइएको छ । डट्स नीतिले विरामीको प्रत्यक्ष निगरानीमा उपचार रहने हुँदा यसको प्रभावले सार्थकता पाइने कर्णले बताए । 

पत्रकार सम्मेलनमा क्षयरोगको उपचार व्यवस्थापन बारे जानकारी गराइनुका साथै बागमती प्रदेशको चितवन र कर्णाली प्रदेशको प्युठानमा सुश्म अवस्थामा रहेका क्षयरोगको अध्ययन गर्न डिआर सेन्टर सञ्चालन गर्ने तयारीमा रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वरमान श्रेष्ठले बताए । यसले गर्दा सन् २०५० को योजना सफल पार्न सकिने बताएका छन् ।

बागमती प्रदेशमा ४ वटा स्थानीय तहले क्षयरोग मुक्त तह बनाउन सफल भएका छन् । निर्देशक श्रेष्ठका अनुसार मकवानपुरको थाहा नगरपालिका, काठमाडौंको शंकरापुर नगरपालिका, भक्तपुरको चागुँनारायण नगरपालिका र काभ्रेको धुलिखेल नगरपालिकाले क्षयरोग मुक्त स्थानीय तह घोषणा गरेको छ । 
 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan