Search
Close this search box.

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

घट्न थालेको सुनको मूल्य साताको तेस्रो दिन फेरि बढेको छ। अघिल्लो दिनका तुलनामा एक हजार रुपैयाँको बढोत्तरीपछि मंगलवार कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ।

साताको पहिलो दिनको तुलनामा ६ सय घट्दा सोमवार प्रतितोला १ लाख ८ हजार रुपैयाँ थियो। यसअघि गत शुक्रवारका तुलनामा ६ सय घटेर आइतवारको मूल्य निर्धारण भएको थियो।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। मंगलवार चाँदी प्रतितोला १४ सय रुपैयाँ छ। सोमवार तोलामा २० रुपैयाँले घट्दै प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भइरहँदा स्थानीय बजारमा कारोबारमा मन्दी छ। मंगलवार कारोबार मूल्यमा बढोत्तरीपछि सुन प्रतिऔंस १९८०.५ डलर पुगेको छ। साताको सुरुवातमा गत आइतवार १९६९.४६ डलर थियो भने सोमवार प्रतिऔंस १९५२.१८ डलरमा आइपुगेको थियो।

चाँदी मं‌गलवार प्रतिऔंस २३.९१ डलरमा कारोबार भइरहेको छ। सोमवार प्रतिऔंस २३.६३ डलर थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan