Search
Close this search box.

हेटाैँडामा सनेसमाथि अन्तरक्रिया

हेटाैँडा- साहित्यकार रेणुका जिसीको कथा सङ्ग्रह ‘सनेस’ माथि हेटौँडामा अन्तरक्रिया भएको छ ।

साहित्य सङ्गम मकवानपुरको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा सनेस बारे कवि सुवास खनालले परिचर्चा तथा लेखकसँग बहस गरेका थिए । साहित्य सङ्गम उपाध्यक्ष सानु खनालको सभाध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा कवि तथा आख्यानकार भूपिन प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कथा सङ्ग्रहबारे चर्चा गर्दै खनालले १२ कथा रहेको उक्त कृतिमा  अधिकांशत ः नारी मूल चरित्र रहेका कथाहरू भएको र नारीहरूका पीडा तथा अनुभूतिलाई समेटिएको बताए । कथा सङ्ग्रहले पहाड र मधेस मिश्रित भूगोलका विषय समेटेको उनले प्रष्ट पारे । बहसको रुपमा सञ्चालित उक्त कार्यक्रममा खनालले ‘किन तपाईँका कथामा समाविष्ट नारी पात्रहरू बढी सङ्घर्षशील  र असल चरित्रका देखिएका र पुरुष पात्रहरूचाहीँ स्वार्थी , अवसरवादी तथा पेलाहा देखिएका’ भन्ने प्रश्न गर्दा कथाकार जिसीले ‘आफूले देखेका र भोगेका विषयवस्तु नै कथा बनेर  आएकाले समाजको मूल चरित्र नै त्यस्तो देखिएकाले कथामा त्यसो भएको हो’ भन्ने टिप्पणी गरे ।

सङ्ग्रहबारे बोल्दै प्रमुख अतिथि भूपिनले कथासङ्ग्रहको विषयवस्तु आञ्चलिक रहेको र लेखन बोल्ड रहेको प्रतिक्रिया दिए । कार्यक्रममा कवि निमेष निखिल, मुक्तककारहरू रुद्र अधिकारी,प्राञ्जल, दीपक गौतम डिबी बर्तौला ,विश्वनाथ सञ्जेल , नियात्राकार रमेशमोहन अधिकारी, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने लगायत सर्जकहरूको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan