Search
Close this search box.

सुन तोलामा ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ५ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

७ सय रुपैयाँ घट्दा सोमबार सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीमा भने आज ५ रुपैयाँको बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४३५ रुपैयाँ पुगेको छ। १० रुपैयाँ घट्दा सोमबार कारोबार मूल्य प्रतितोला १ हजार ४३० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको सुनको मूल्य पुन: बढेको हो। मंगलबार सुन प्रतिऔंस १९९९.६७ डलर पुगेको छ भने चाँदी प्रतिऔंस २४.९५ डलर छ। सोमबार सुन प्रतिऔंस १९९२.४६ डलर र चाँदी २४.७७ डलरमा कारोबार भएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan