Search
Close this search box.

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से सूचक २७.३१ अंकले बढेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता शेयर किनबेच हुँदा जम्मा ९४ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन उपसूचक २.२८ प्रतिशतले बृद्धि भएको छ ।

यसअघि सोमबार नेप्से सूचक ५.५४ अंकले बढेर १८४४ को विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता शेयर किनबेच हुँदा ९१ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको थियो । साथै नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज फाइनान्स उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan