Search
Close this search box.

बलात्कारकाे आराेपमा पक्राउ परेका बन्जरामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

हेटौंडा- महिलामाथि बलात्कार गरेकाे आराेपमा गत बिहीबार पक्राउ परेका हेटौंडाका ईन्द्रप्रसाद बन्जारा (रमेष) माथि अनुसन्धान गर्न ५ दिन म्याद थप भएकाे छ ।

जिल्ला अदालत मकवानपुरले आइतबार थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे । एक महिलाले आफुलाई बन्जराले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे थियाे ।

जबर्जस्ती करणीको जाहेरी दर्ता भई अनुसन्धान भइरहेकाे अवस्थामा थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले बिहीबार पक्राउ गरेका बन्जारा शुक्रबार स्वास्थ्यमा समस्या आएको भन्दै हेटौंडा अस्पतालमा भर्ना भएर बसेका छन् । चिकित्सकले भने स्वास्थ्य समस्या नरहेको भन्दै डिस्चार्ज गरे पनि उनी अस्पतालमै रहेकाे बुझिएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan