Search
Close this search box.

सुनको भाउ ४ सयले बढ्यो

सुनको भाउ आज ४ सयले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज ४ सयले बढेर प्रतितोला १ लाख १० हजार २०० कायम भएको छ।

अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला सुन १ लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार आज चाँदीको भाउ स्थिर छ। चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan