Search
Close this search box.

सुनको मूल्य तोलामा १८ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ पुगेको हो । 

बुधवार सुनको मूल्य तोलामै एक हजार ८०० सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँ थियो ।
 
बुधबार तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले मात्रै बढेको छ । मंगलवार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएकोमा बुधवार १४ सय २५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan