Search
Close this search box.

बुधबार ९ अंकले घट्यो नेप्से, ६२ करोड माथिको कारोबार

आज साताको चौथो दिन शेयर बजारमा ९ अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ०.४९ प्रतिशतले घटेर १८५७ विन्दुमा पुगेर रोकिएको छ ।

नेप्से सूचकसँगै कारोबार रकम समेत घटेको छ । आज कारोबार ६२ करोड १ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीको २१ लाख ५५ हजार ४४८ कित्ता शेयर किनबेच हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन उपसूचक र म्युचुअल फण्ड उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घट्न पुगेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan