Search
Close this search box.

सुनको मूल्य हालसम्म कै उच्च

सुनको मूल्य हालसम्मको उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिनको भन्दा तोलामा १२ सय रुपैयाँले बढेर बिहीबार प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत सातादेखि घट्न थालेको सुनको मूल्य बुधबार एकै दिन तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको हो।

चाँदीको मूल्य तोलामा २० रुपैयाँँले बढेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँ कायम छ। बुधवार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan