Search
Close this search box.

सुनको भाउ आज १२ सय रुपैयाँले घट्यो

गएको बिहीवार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने एक हजार दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

अस्ति बिहीवार तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो ।

हिजो शनिवार र अस्ति शुक्रवार सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार चार सय ४५ रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan