Search
Close this search box.

प्रतितोला ३०० बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य थप ३०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० पुगेको छ।

तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ९०० मा कारोबार भएको थियो। यसअघि २१ वैशाखमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० पुगेको थियो।

सुनको मूल्य बढे पनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan