Search
Close this search box.

भ्यानको ठक्करबाट हेटौंडामा २ वर्षीय बालकको मृत्यु

हेटौंडा– पिकअप बोलेरो भ्यानको ठक्करबाट हेटौंडा–११ थानाभर्याङमा २ वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान सिमलटारबाट हेटौंडा आउँदै गरेको प्रदेश–०३–००१ च १५९७ नम्बरको भ्यानले ठक्कर दिदाँ सोही स्थानका सुमी डिम्डुङका २ वर्षका छोरा समर लोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार ठक्कर पश्चात घाइते बालकलाई उपचार लागि हेटौंडा अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने भ्यान र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan