Search
Close this search box.

राहत शिक्षक समिति बकैया अध्यक्षमा भाेम्जन

हेटाैंडा- नेपाल राहत शिक्षक समिति बकैया गाउँपालिका  समितिकाे अध्यक्षमा प्रदिप भाेम्जन सर्वसहमत निर्वाचित भएका छन् ।

शनिबार भएकाे पालिका अधिवेशनबाट भाेम्जनकाे अध्यक्षतामा १३सदस्य पालिका समिति गठन गरेको हाे । जसको उपाध्यक्षमा चतुरीमाया घलान र डाेबनाथ पाण्डे ,  सचिवमा निलहरी ढुङ्गेल , सहसचिवमा श्रीनिवाश ठाकुर , काेषाध्यक्षमा हरिवंश चाैधरी चयन भएका छन् । समितिकाे सदस्यहरूमा   मदन सिंह वाइबा, प्रमिला दहाल, रमा लामिछाने , राममाया थाेकर, नानीमाया बजगाँइ, सुर्यबहादुर न्यासुर, ताराकुमारी आचार्य, बागमती प्रदेश प्रतिनिधिमा सिंहबिर घलान र किरणराज न्याैपाने रहेका छन् । त्यस्तै सल्लाह समिति सदस्यमा रूद्र दहाल (मदन), माधवकुमार बानियाँ, सुरज लामा, हरिहर खनाल ,चन्द्र प्रसाद देवकोटा ,राजन घाेरसाइनी चयन भएका छन् ।

नेपाल राहत शिक्षक समिति बकैया गाउँपालिकाका अध्यक्ष सिंहवीर घलानकाे अध्यक्षता एवम् नेपाल राहत शिक्षक समिति मकवानपुरका अध्यक्ष  जीवन तिमल्सिनाकाे प्रमुख आतित्थ्यतामा बकैया स्थित जनक मावि भिरकाेटमा पालिका अधिवेशन भएकाे हाे । अधिवेशनमा नेपाल राहत शिक्षक समिति मकवानपुरका जिल्ला  सचिव शम्भु पराजुली ,  जनक माध्यमिक बिद्यालय भिरकाेटका प्रधानाध्यापक मादब कुमार बानियाँ अखिल नेपाल शिक्षक संगठन बकैयाका अध्यक्ष लाल सिंह दाेङ  लगायतले  शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan