कैलाश- मकवानपुरकाे कैलाश गाउँपालिकाले ६ जना चेलीलाई सम्मान गरेकाे छ ।
पालिकाकाे बार्षिक नीति तथा कार्यक्रममा समाबेश भएकाे चेली प्राेत्साहन कार्यक्रम अन्तर्गत बुधबार चेलि सम्मान कार्यक्रममा २० हजार रुपैंया नगद र सम्मानपत्र प्रदान गरिएकाे थियाे । कैलाश ६ का संगिता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश १० का सरुया प्रजा र उर्मिला थिङ तथा कैलाश २ कि लक्ष्मी मुक्तानलाई गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सम्मान गरेका हुन् ।
गाउँपालिका अध्यक्ष मुक्तानले विवाह अघि कम्तिमा पनि १० जाेड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्राेत्साहन कार्यक्रम राखिएकाे बताए । उनले देशभरका स्थानीय तहहरुमध्ये याे कार्यक्रम पृथक कार्यक्रम भएकाे बताए । गउँघरमा छाेरीलाई वालविवाह गर्ने, पढाइबाट बञ्चित गर्ने चलन अझै रहेकाे बताउँदै उनले यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।
पलिकाका उपाध्यक्ष ठकुरीले कार्यक्रमलाई बृहत रुपमा विस्तार गर्दै लैजाने बताए । उनले २० बर्ष पूरा भएपछि मात्र विवाह गर्न चेतना फैलियाेस र परिपक्व भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश दिन याे कार्यक्रम आयाेजना गरिएकाे बताए ।
सामाजिक बिकास समिति संयाेजक राजेन्द्र घिसिङले याे बर्ष ६ जनालाई सम्मान गरेजस्तै अर्काे बर्ष अझ धेरै चेली सम्मान गर्ने वातावरणका लागि आ-आफ्नाे क्षेत्रबाट सबैले काम गर्नुपर्ने बताए । उनले पालिकाबाट बालविवाह मेटाउन सकियाे भने सफलता प्राप्त हुने बताए ।
सम्मानित भएकि सरुया प्रजाले सम्मानबाट आफुलाई धेरै उत्साह मिलेकाे बताइन् । यस खालकाे कार्यक्रमले महिला दिदिबहिनी लाई प्राेत्साहन मिलेर उमेर पुगेपछि विवाह गर्नुपर्छ भन्ने सन्देश पुगेकाे उनकाे भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत अशाेक बिष्टले वालविवाह अन्त्यका लागि पालिकाले विभिन्न कार्यक्रम गरिरहेकाे बताए ।

