मकवानपुर- मैनाली समाज नेपाल मकवानपुरको सातौं साधारण सभा एवं चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा ईश्वर मैनाली सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भएको अधिवेशनले मैनालीको अध्यक्षतामा १६ जनाको नयाँ कार्यसमिति चयन भएको हो।
त्यस्तै उपाध्यक्षमा इवाकर मैनाली,गिता मैनाली ,सचीवमा लक्षमण मैनाली,सह- सचीवमा मन्जु मैनाली,कोषाध्यक्षमा रोहित राज मैनाली चयन भएका छन् ।
सदस्यहरुमा विस्णु मैनाली,शैलेन्द्र मैनाली,सरला मैनाली ,राजेन्द्र मैनाली,गोकुल मैनाली, रामदेव मैनाली,उत्तम मैनाली,निर्मला मैनाली ,तेज प्रसाद मैनाली चयन भएको निर्वाचन अधिकृत केदारनाथ मैनालीले बताए। त्यस्तै कानुनी सल्लाहकारमा राधाकृष्ण(आर के) मैनाली निर्वाचित भएका छन् ।
त्यस्तै मैनाली समाज नेपालको केन्द्रिय प्रतिनिधिमा रामहरि मैनाली,अमोद मैनाली,भरत मैनाली, कमलराज मैनाली निर्वाचित भएका छन् ।
कार्यक्रममा मैनाली समाज मकवानपुर जिल्लाका ७० वर्ष नाघेका ६ जना वृद्धवृदा,निजि तथा सामुदायिक विद्यालयबाट यसै वर्ष एसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जना छात्रछात्रा र सामाजिक संस्थाको नेतृत्व गर्ने ६ जना सामाजिक व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो।

