हेटौंडा- अत्याधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयमा आजदेखि बिदा दिइएकाे छ । विद्यार्थीकाे स्वास्थ्यलाई मध्यनजर गर्दै हेटाैंडा उपमहानगरकाे शिक्षा शाखाले एक साताका लागि बिदा दिएकाे हाे ।
अत्यधिक गर्मी बढेकाले विद्यार्थीहरु बेहाेस हुने, बान्ता गर्ने जस्ता समस्या रहेकाे भनी सराेकारवालाबाट गुनासाे आएकाले बर्षे बिदामा कट्टी हुने गरी नगर क्षेत्रका विद्यालयमा बिदा दिइएकाे शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले एक सूचना जारी गर्दै जानकारी दिए ।
जेठ २६ गतेसम्म बिदा दिइएकाेमा माैसम अनुकुल भएमा बिचमा विद्यालय सञ्चालनकाे अर्काे सूचना जारी गरिनेसमेत उल्लेख छ ।

केही प्रतिक्रिया छ कि ?

