Search
Close this search box.

कांग्रेसको फापरवारीमा गाउँपालिकास्तरीय सम्मेलन

फापरवारी– मकवानपुरको पुर्वी क्षेत्र फापरवारीमा नेपाली कांग्रेस बागमती गाउँपालिकाको गाउँपालिकास्तरीय सम्मेलन भएको छ ।

कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, क्षेत्र, संघीय, जिल्ला र प्रदेशको सम्मेलन गर्ने कार्यक्रम अन्तरगत कांग्रेसको बागमती गाउँपालिकाको सम्मेलन भएको हो ।

कांग्रेस बागमती गाउँपालिका सभापति फणिन्द्र तिमल्सिनाको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा गाउँपालिकास्तरीय सम्मेलन भएको थियो ।

कार्यक्रममा कांग्रेस बागमती गाउँपालिकाका नेता तथा कार्यकर्ताको जिज्ञासा र पार्टीको भावी रणनीतिको बारेमा नेताद्वय डिना र बानियाँले जवाफ दिनुभएको थियोे । सम्मेलनमा कांग्रेस बागमती प्रदेश सदस्य भक्तबहादुर राई, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, पूर्व सभापति रघुरमण न्यौपाने, कांग्रेस जिल्ला सचिव ईश्वर पाठक, सहसचिव ईन्दिरा न्यौपाने, जिल्ला सदस्य आनन्दराम पराजुली, संघीय सभापति दामोदर खनाल, बागमती प्रदेशसभा सदस्यद्वय समिता खड्गी र लक्ष्मी श्रेष्ठ, कांग्रेस नेता ठगेन्द्र वाईबा, पूर्व क्षेत्रीय उपसभापति डिल्लीप्रसाद घोरासैनी, बागमती गाउँपालिका उपसभापति जगतबहादुर भ्लोनलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan