Search
Close this search box.

खरेलले ल्याए ‘अकिञ्चनका आर्तहरु’

हेटौंडा– हेटौंडाका साहित्यकार देवराज खरेलले मुक्तक संग्रह ‘अकिञ्चनका आर्तहरु’ प्रकाशनमा ल्याएका छन् । मुक्तक मञ्च मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा एक कार्यक्रमका बीच मुक्तक संग्रहको विमोचन गरिएको हो ।

हेटौंडा–५ निवासी साहित्यकार खरेलको यो पाँचौं कृति हो । अकिञ्चनका आर्तहरुमा सय वटा मुक्तक समेटिएका छन् । प्राध्यापक लोकराज अधिकारीले उक्त मुक्तकको अंग्रेजी भावानुवादसमेत गरेका छन् । मुक्तक संग्रहमाथि शनिबार नै विमर्शसमेत गरिएको छ । साहित्यकार विश्वनाथ सञ्जेलले संग्रहमाथि समालोचना गरे । उनले समाजका पिछडिएका, दबिएका वर्गको आवाज सरल ढंगले मुक्तकमार्फत प्रस्फुटित भएको टिप्पणी गरे ।

मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी वर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार दीपक गौतम, माधव पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए । केही मुक्तककारहरुले खरेलका मुक्तकहरु बाचन गरेरसमेत सुनाएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan