Search
Close this search box.

आज र भोलि हेटौंडाका यी स्थानमा दिनभर विद्युत् काटिने

हेटौंडा–हेटौंडाका विभिन्न भागमा आज सोमबार र भोलि दिनभरजसो विद्युत् अवरुद्ध हुने भएको छ । १३२ केभी कन्डक्टर अपग्रेड आयोजनाले हाल चौकीटोलदेखि कमाने सव स्टेशनमा रहेको १३२ केभी प्रशारण लाइनको तार फेर्ने कार्य गरिरहेकाले आज असार ४ र भोलि ५ गते बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुन लागेको हो ।

मर्मतको क्रममा एचआइडी फिडर १, एचआइडी फिडर २, पदमपोखरी फिडर तथा रंगशाला फिडरको मनकामना चोक, तालिम केन्द्र, ओमनगर तथा श्रमिक टोल आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सूचना जारी गरी जानकारी दिएको छ । समयअघि नै काम सकिएको खण्डमा तोकिएको समयअघि नै विद्युत् सञ्चालन हुने पनि प्राधिकरणले बताएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan