कालिकाटार, ७ असार/ मकवानपुरकाे कैलाश गाउँपालिकाले उद्याेग वाणिज्य र पर्यटन क्षेत्रकाे विकासका लागि विविध कार्यक्रम ल्याएकाे छ । बिहीबार अध्यक्ष लाेकबहादुर मुक्तानले गाउँसभामा प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा पालिकामा दर्ता हुने उद्याेगहरुकाे दर्ता शुल्कमा छुटका साथै प्रविधि हस्तान्तरण, वित्तिय पहुँच र बजारीकरणका कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रमहरु घाेषणा गरे ।
नवप्रर्वतनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारबाट फर्किएका अनुभवी तथा सीपयुक्त उद्यमशील युवाहरुलाई पर्यटन तथा उद्यम व्यवसाय सुरु गर्न प्रोत्साहन गरिने पनि नीति कार्यक्रममा उल्लेख छ ।
यस्ताे छ गाउँपालिकाकाे उद्याेग वाणिज्य र पर्यटनसम्बन्धी नीति
उद्याेग तथा वाणिज्य
‘कैलाश गाउँपालिका स्तरिय उद्योग वाणिज्य संघ गठन गर्न प्रोत्सहान गरिनेछ । गाउँपालिका क्षेत्रमा संचालित व्यवसायिक फर्महरुको दर्ता तथा नविकरण कार्यलाई गति दिइनेछ ।
• सार्वजनिक निजी साझेदारी नीतिको अबलम्बन गर्दै निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने दीर्घकालीन योजनाहरुको अध्ययनको शुरुवात गरिनेछ । पर्यावरण तथा वातावरण प्रदुषण गर्ने उद्योगलाई संचालनमा ल्याउन प्रतिबन्द लगाईने छ ।
गाउँपालिका क्षेत्र भित्रकै श्रोत र साधनको खोजी गरी भौतिक निर्माण कार्यमा सकेसम्म यहीकै कच्चा पदार्थ प्रयोगमा ल्याउन जोड दिईने छ । बजार अनुगमनलाई तीव्रता दिईनेछ
उद्योग धन्दा स्थापना हुँदाको बखत स्थानीय तहमा लाग्ने शुल्कमा केही प्रतिशत छुट दिने व्यवस्था गरिनेछ । रोजगारमुलक उद्योग धन्दालाई प्रोत्साहन दिईनेछ ।
घरेलुमा दर्ता भई पालिकामा सूचिकरण नभई संचालनमा रहेका व्यवसाहीहरुको फर्म पालिकामा दर्ता हुन आएमा हालसम्मको दर्ता शुल्क मिनाहा गरी यसै वर्षबाट लागु हुनेगरी दर्ता प्रकृया अगाडी बढाइनेछ ।
घरेलु मदिरालाई ब्रान्डीङ्ग गर्ने र गाँजालाई वैधानिकता दिनको लागी संघीय सरकारको नीतिलाई स्वागत गर्दै यसलाई व्यवसायीककरण गर्न उचित प्रबन्ध मिलाईने छ ।
पर्यटन
● ‘आफ्नो काम आफ्नो रोजगार कुपी र पर्यटन हाम्रो आधार” भन्ने नारा सहित कृषि र पर्यटन क्षेत्रलाई कैलाश गाउँपालिकाको रोजगारी एवं विकासको आधार बनाइन
● कैलाश वैकुण्ठ पर्यटकीय क्षेत्र, कालिकाटार क्षेत्र, लिक्चे क्षेत्र, देखारी क्षेत्र लगायतका पर्यटकीय क्षेत्रको थप खोज र अनुसन्धान गरी कैलाश नमुना पर्यटन क्षेत्र यसै आ.व. मा घोषण गरिने छ ।
• नवप्रर्वतनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारबाट फर्कनु भएका अनुभवी तथा सीपयुक्त उद्यमशिल युवाहरुलाई पर्यटन तथा उद्यम व्यवसाय सुरु गर्न प्रोत्साहन गरिनेछ। पर्यटन तथा उद्यम व्यवसाय गर्न टोल विकास संस्था मार्फत क्षमता विकास प्रविधि हस्तान्तरण, वित्तिय पहुँच र बजारीकरणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
• यस गाउँपालिकाको पर्यटन क्षेत्रमा विभिन्न कारणले पारेको प्रभावको अध्ययन गरी पुनरुत्थान लगायत दीगो पर्यटनका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
• गाउँपालिकाभित्रको महत्वपूर्ण पहिचान भएको पर्यटकीय स्थानहरुको धार्मिक तथा सांस्कृतिक अध्ययन गरी तिनको विकास गरिने छ । साथै आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने नीति लिने ।
• गाउँपालिकाभित्र रहको पर्यटकीय क्षेत्रहरुमा घरबास ( Home Stay) कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ ।
• गाउँपालिकाभित्र रहको सार्वजनिक जग्गाहरुको संरक्षण र उपयोगको नीति तर्जुमा गरी निजी क्षेत्रको सहकार्यमा पर्यटकीय भौतिक संरचना निर्माण गरी गाउँको आय वृद्धि गर्ने नीति अवलम्बन गरिने छ ।
• प्राकृतिक तथा सांस्कृतिक विविधताको विकास गरी पर्यटक आकर्षण गर्ने तर्फ विशेष जोड दिइनेछ ।
• गाउँपालिकाको पर्यटन विकासका लागि आवधिक गाउँपालिका विकास योजना तयार गर्दा पर्यटन गुरुयोजना समेत समावेश गरिनेछ । सो गुरुयोजनाको आधारमा पालिकाभित्र रहेका महत्वपूर्ण धार्मिक एवम् सांस्कृतिक पर्यटकीय स्थलहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गरी महत्वपूर्ण गन्तव्यका रुपमा विकास गरिनेछ ।
• धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको विकास, प्रबंधन र विस्तारको लागि विशेष योजना संचालन गरिनेछ ।
• गाउँपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक पौराणिक स्थल चौतारा पाटी पौवा आदिको विशेष संरक्षण गरी आधुनिक ढंगबाट त्यसको पुनरउत्थान पर्यटकीय पार्क, बाल उद्यान, प्रौढ पार्क आदिमा परिणत गरिने छ ।
• कैलाश गाउँपालिकाको कला र संस्कृति घाटु नाँच र मारुनी नाचको संरक्षण र सम्बद्धन गरिने छ ।
• कैलाश गाउँपालीकाको एतिहासिक एवम् धार्मिक ठाउंहरुमा चिनारी स्वरुप होडिङ बाेर्डहरु राखिने छ ।

