Search
Close this search box.

हेटाैंडा-१८ मा सार्वजनिक सुनुवाई


हेटाैंडा-हेटाैंडा-१८ स्थित सुकाैरामा साेमबार सार्वजनिक सुनुवाई कार्यक्रम आयाेजना गरिएकाे छ । हेटाैंडा उपमहानगरपालिकाले सेवा प्रवाहकाे विषयमा स्थानीयकाे प्रत्यक्ष सुनुवाई गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

हेटाैंडा-१८ का वडाध्यक्ष अनिल बानियाँकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हेटाैंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । हेटाैंडा-१८ लालभित्तेमा रहेकाे कालीदेवी प्राथमिक विद्यालयमा भएकाे सार्वजनिक सुनुवाई कार्यक्रममा करिब १ दर्जनभन्दा बढी स्थानीयले सार्वजनिक चासाेका विषयमा प्रश्न उठाएका थिए ।

स्थानीयले बस्ती बचाउनकाे लागि तटबन्धनकाे आवश्यकता ओैंल्याएका थिए । खानेपानी, सिञ्चाई, सडक पूर्वाधार विकासमा पनि स्थानीय सहभागीले चासाे दिएका थिए । आयआर्जनका लागि पशु र कृषि उत्पादनलाई प्रवर्धन गर्ने किसिमकाे कार्यक्रम सञ्चालन गर्नुपर्नेमा स्थानीयबासीकाे जाेड थियाे ।

कार्यक्रममा स्थानीयकाे चासाे, गुनासाे र प्रश्नकाे सम्बाेधन गर्दै उपमहानगर प्रमुख लामाले तटबन्धन र सिञ्चाईका लागि उपमहानगरले आगामी आर्थिक वर्षकाे बजेटमा ५० लाख रुपैयाँ विनियाेजन गर्ने प्रतिवद्धता जनाइन् । यसअघि उपमहानगरले त्यस क्षेत्रमा पशुपालन प्रवर्धन गर्न राँगाे वितरण गरेकाे स्मरण गर्दै उनले आयआर्जनका लागि उपमहानगरले आगामी आर्थिक वर्षमा प्रत्यक घरलाई बाख्रा अनुदान दिने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा हेटाैंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चाैलागाईं, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, महिला तथा बालबालिका शाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायत विभिन्न शाखाका प्रमुख, प्राविधिकलगायतका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan