Search
Close this search box.

फिचर लेखनमा सुनिता र सुमन सर्वाेत्कृष्ट

हेटौंडा– नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको फिचर समाचार लेखन प्रतियोगितामा पत्रकार सुमन दाहाल र सुनिता विष्ट सर्वोत्कृष्ट हुँदै पुरस्कृत भएका छन् ।

आइतबार भएको प्रतियोगितामा पुरुषतर्फ सर्वोत्कृष्ट भएको दाहाल र महिलातर्फ सर्वोत्कृष्ट भएकी विष्टलाई नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट १० जनासमेत छनौट गरी नगद १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट भई पुरस्कृत हुनेमा श्रीराम अर्जुन, अनिल पराजुली, स्मिता अर्जेल, प्रतिक्षा न्यौपाने, जुमना थिङ, रविन ढुंगाना, सुजन ढकाल, प्रिया पौडेल, निशा गुरुङ र खेम बोलखे रहेका छन् । उत्कृष्ट र सर्वोत्कृष्ट हुनेहरुलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले पुरस्कार प्रदान गरेकी थिइन् ।

प्रतियोगितामा १७ जना पत्रकारले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकको रुपमा अग्रज पत्रकारहरु प्रताप विष्ट, रेवती सापकोटा र सम्झना कार्की रहेका थिए । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी नेपाल मकवानपुरका पूर्वअध्यक्ष धर्मेन्द्र दाहाल, प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज ढोडारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा, नेपाल समाजवादी पत्रकार संगठनका अध्यक्ष शिव चौलागाईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकारलाई नयाँ विषयको खोजी तथा विभिन्न विषयमा समाचार तयार गर्न हौसला दिने, पेशागत जोखिममा रहेका राम्रा लेख्ने पत्रकारलाई पुरस्कृत गरी उर्जा प्रदान गर्ने, पत्रकार र पत्रकारिता क्षेत्रको विकास एवम् प्रबद्र्धनमा सहयोग गर्नेलगायतका उद्देश्यका साथ हेटौंडा उपमहानगरपालिकाको सहयोगमा महासंघले फिचर लेखन कार्यक्रमको आयोजना गरेको हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan