हेटाैंडा- शिक्षकहरुमा पठन संस्कृतिकाे विकासका साथै ज्ञान अभिवृद्धि गराउने उद्देश्यले हेटाैंडा-४ मा रहेकाे नवाेदय शिशु सदनले आफ्ना शिक्षकलाई पुस्तक उपहार दिएकाे छ । गुरुपूर्णिमाकाे अवसरमा साेमबार विद्यालयले एक सय २५ जना शिक्षकलाई प्रति व्यक्ति एक हजार रुपैयाँ बराबरकाे पुस्तक उपहार दिएकाे हाे ।
विद्यालयले हेटाैंडा-४ भैरवराेडमा रहेकाे किताबघरमा आफ्ना राेजाईकाे किताब खरिद गर्न सिफारिस गरेकाे थियाे । विद्यालयद्वारा पुस्तक उपहार पाएपछि शिक्षकहरु हर्षित बनेका छन् । पठन संस्कृतिकाे विकास र शिक्षकहरुलाई पठन क्रियाकलापमा थप हाैसला थप्न विद्यालयकाे कदम सराहनीय रहेकाे विद्यालयकी शिक्षिका कल्पना निराैलाले बताइन् । यसअघिका गुरु पूर्णिमा विद्यालयले सामान्य कार्यक्रम गर्ने गरेकाेमा यस वर्षबाट नयाँ र सिर्जनशील कार्य गरेकाे भन्दै निराैलाले खुसी व्यक्त गरिन् ।
विद्यालयका मावि संयाेजक सिएम रिमालले समाजमा पठन संस्कृतिकाे विकास गर्ने उद्देश्यले विद्यालयका सबै शिक्षकलाई पुस्तक उपहार दिइएकाे बताए । किताबी ज्ञानबाट शिक्षक, विद्यार्थी र समग्र समुदायमा ज्ञान बढ्ने भएकाले विद्यालयले पुस्तक उपहार प्रदान गरेकाे उनले बताए ।
विद्यालयले शिक्षक र विद्यार्थीकाे लागि रचनात्मक कार्यक्रम ल्याइरहेकाे र आगामी दिनमा थप कार्यक्रम ल्याएर शिक्षण सिकाई क्रियाकलापमा जाेड दिइने नवाेदयले बताएकाे छ ।


