हेटौंडा–हेटौंडाका कवि उत्सव चौलागाईंको एकल कविता वाचन भएको छ । हेटौंडा–४ भैरवरोडमा रहेको किताबघरको आयोजनामा शनिबार एक कार्यक्रमकाबीच चौलागाईंले एक दर्जन कविता प्रस्तुत गरेका थिए ।
किताबरमा कवि उत्सवले नारीवादी चेतनादेखि प्रेम र वर्गीय चेतनासम्मका कविता वाचन गरेका थिए । चौलागाईले आमा, बा, मट्याइला हातहरु, तिमी बाहिर निस्क, सम्झनाहरुमा, आधा, ऊ कुनै अपराधी हैन, मैले आँखा खोलिसकेँ, सत्ता र कान्छा, मालिक मनोविज्ञान र पार्लियामेन्ट शीर्षकको कविताहरु वाचन गरेका थिए ।
वाचित कविताको विश्लेषण गर्दै सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले उत्सवले कर्मयोगी किसानदेखि जन्मदाता बाआमाप्रति समर्पण भाव व्यक्त गरेको बताए ।
केही प्रतिक्रिया छ कि ?

