Search
Close this search box.

हेटौंडा रातोमाटेबाट अवैध भारतीय रकमसहित एकजना पक्राउ

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित राटोमाटेबाट ३ लाख ७५ हजार रुपैयाँ अवैध भारतीय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज मंगलबार बिहान ५ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने उक्त स्थानबाट अवैध नोटसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा देश भारत जिल्ला बेतिया थाना बैरिया ग्राम मियापुर दवौली–७ बस्ने वर्ष ४० को रमेश साह गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २५१६ नं. को यात्रुबहाक बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट ३ लाख ७५ हजार रुपैयाँ भारतीय रकम फेला परेपछि निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । पक्राउ परेका गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्वव अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan