Search
Close this search box.

४७ लाख बराबरको अवैध सुनसहित हेटौंडाबाट एकजना पक्राउ

हेटौंडा– मकवानपुर प्रहरीले करिब आधा करोड रुपैयाँ मूल्य बराबरको अवैध सुनसहित हेटौंडाबाट एक जनालाई नियन्त्रणमा लिएको छ । आज बुधबार बिहान हेटौंडा–१५ स्थित रातामोटेबाट ४८९ ग्राम ३७ मिलि ग्राम सुनसहित पर्साको बीरगञ्ज महानगरपालिका १ का ३५ वर्षीय प्रभु साह सोनारलाई पक्राउ गरेको हो ।

रातोमाटे चेकपोष्ट अगाडी सडकखण्डमा बिशेष सूचनाको आधारमा काठमाडौंबाट बिरगंजतर्फ जाँदै गरेको ना १ ज ७४९० नं. को सुमोलाई रोकी जाँच गर्ने क्रममा सुमोमा सवार सोनरलाई अवैध सुनसहित पक्राउ गरेको हो । सोनारको साथबाट बरामद गरिएको सुनको मूल्यसुनचाँदी व्यवसायी सँघ मकवानपुरको अनुसार आजको बजार मुल्य अनुसार सत्चालिस लाख छत्तिस हजार सात सय उनान्साठी रुपैयाँ रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । पक्राउ परेका सोनारलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको बताइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan