Search
Close this search box.

हेटौंडा–३ नम्बर वडा कार्यालयद्वारा किसानलाई उपकरण हस्तान्तरण

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–३ नम्बर वडा कार्यालयले कृषक समूहलाई व्यवसायीक कृषि तर्फ आकर्षित गर्न कृषि उपकरणहरु हस्तान्तरण गरेको छ ।

कार्यालयले वडामा रहेका ५ वटा कृषक समुहलाई हाते ट्रयाक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेको हो । ३ नम्बर वडा कार्यालयको अगुवाईमा गठन गरिएको कृषक समूहलाई शुक्रबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले हाते ट्रयाक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेका हुन् ।

मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख लामाले उपकरणको प्रयोगबाट व्यवसायिक खेती तर्फ लाग्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । उनले उपमहानगरपालिकाले किसानहरुका लागि बिभिन्न चरणमा लगानी गरिरहेको भन्दै व्यावसायी कृषिका लागि समूह बनाएर काम गरे सहयोगका लागि तयार रहेको बताइन् ।

वडा कार्यालयको बजेटबाट खरिद गरीएको हाते ट्रयाक्टरको प्रति गोटा ६५ हजार र घाँस काट्ने मेसिनको ३५ हजार रुपैयाँ परेको वडा सचिब महेन्द्र चापागाईले बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाका अध्यक्ष ढलकबहादुर थापा, टोल विकास सस्था वडा समन्वय समितिका संयोजक रोशन गोले र वडामा गठन गरिएको ५ वटा कृषक समुहका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan