– advertorial
हेटौंडा–मकवानपुरको हेटौंडा–१६ हटिया चिसापानीमा रहेको जनप्रिय माविमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विशेषगरी प्राविधिक शिक्षा अध्ययनको लागि विद्यार्थीहरुको आकर्षक गन्तव्यको रुपमा जनप्रियले आफूलाई स्थापित गराएको छ ।
जनप्रियमा केहीवर्ष यता लगातार विद्यार्थीको चाप उच्च हुँदै गएको तथ्याङ्कले देखाउँछ । देशका करिव ४३ जिल्लाका विद्यार्थीको शैक्षिक रोजाईमा जनप्रिय पर्ने गरेको छ । प्रधानाध्यापक भुपेन्द्र चौलागाई विद्यालयले सञ्चालन गरेको प्राविधिक शिक्षा हासिल गरेका एकजनापनि विद्यार्थी हालसम्म बेरोजगार बस्नु नपरेको कारण पनि नयाँ विद्यार्थी यस विद्यालयमा आकर्षित भएको बताउँछन् ।
त्यसो त वि सं २०६१ सालमा सिटिभिटिबाट सम्वन्धन पाई २०६२ सालबाट प्राविधिक धारको सीपमूलक शिक्षा दिन सुरु गरेको जनप्रिय माविले गर्दा नै आज आफू यो स्थानमा आईपुग्न सफल भएको अमेरिकामा अध्ययन गर्दै आएका प्रसिद्ध मैनाली र आर पी खतिवडाको भनाइ छ । उनिहरु जनप्रिय माविको अध्ययन पछि थप अध्ययनका लागि अमेरिका गएका केही प्रतिनिधि पात्र मात्रै हुन ।
त्यसो त नेपाल सरकारको सरकारी सेवामा नाम निकाल्नेको संख्या पनि उत्तिकै छ । पढेर तत्कालै फाईदा लिन नसक्ने शिक्षा लिएर नै अहिले विदेशिनेहरुको भीड लाग्ने गरेको अनुभव छ मनोज कार्कीको । आफूले समयमा नै जनप्रिय माविमा प्राविधिक शिक्षा नलिएको भए आज आफू पनि नेपाल सरकारको पाँचौं तहमा जागिरे हुनसक्ने अवस्था नरहने र विदेसिनेको भीडमा कतै हराउनेपर्ने अवस्था आउने कार्कीले बताए । त्यसो त रुपनारायण शाह पनि जनप्रियको प्राविधिक शिक्षामा आफू र शिक्षकहरुको मेहनतले नै आज सरकारी सेवामा रहेको बताउँछन् ।
जागिरे मात्र होईन हेटौंडाको पदमपोखरीमा फेन्चु लामाको ड्र्यागन फ्रुट फार्म तथा बाख्रा फार्म र आफ्नै एग्रो भेट पनि सञ्चालनमा छ । जनप्रिय माविको अध्ययनले आफूलाई प्राविधिक सीप दिएकै कारण आज आफ्नै करोडौंको ब्यवसाय भएकोमा उनी दङ्ग छन् । जनप्रिय माविका उत्पादनहरु कोहीपनि बेरोजगार बस्नु नपर्ने फेन्चुको मात्र होईन त्यहाँ अध्ययन गरेका सबैको एकमत रहेको शिक्षक भीमप्रसाद दाहालको भनाइ छ ।
कसरी यो सफलता हात लाग्यो त ? प्राविधिक धारका संयोजक मोतिउर रहमान भन्छन् ‘हामीले अहिलेको आवश्यकता के हो त्यो बुझेर शैक्षिक कार्यक्रमहरु ल्याएका छौं । यसर्थ हाम्रो सफलतालाई कसैले रोक्न सक्दैन ।’ अहिले जनप्रिय माविमा डिप्लोमा तहमा ईलेक्ट्रिकल ईन्जिनियरिङ्ग, प्लान्ट साईन्स, एनिमल साईन्स तथा प्रि डिप्लोमा तहमा पनि प्लान्ट साईन्स र एनिमल साईन्सका कोर्षहरु पठनपाठन भईरहेको रहमानको भनाइ छ ।
यता साधारण धारतर्फका कक्षाहरुमा भने व्यवस्थापन संकायमा नेपाली तथा अंग्रेजी दुवै माध्यममा यसैवर्ष देखि कक्षा सञ्चालन गरिने प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताए । व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायका नेपाली माध्यमका कक्षाहरु पनि जनप्रियमा नै रहेकोले यो स्थानीय देखि देशभरकै उत्कृष्ट शैक्षिक गन्तब्य बन्न सकेको चौलागाईको भनाइ रहेको छ ।
केही प्रतिक्रिया छ कि ?

