Search
Close this search box.

हेटौंडाको सडक विस्तार कार्य नरोक्न दबाब, बाबुछाेरा ११ दिनदेखि अनसनमा

हेटाैंडा- हेटाैंडाकाे राजमार्ग क्षेत्रमा सडक विस्तार गर्न दबाब दिँदै सडक डिभिजन कार्यालय हेटाैंडाकाे गेटमा बाबुछाेराले ११ दिनयता अनसन बसिरहेका छन् ।

हेटौंडा उपमहानरपालिका वडा नम्बर ८ कमानेका ७३ बर्षीय मानबहादुर तामाङ र उनका छाेरा ३४ बर्षीय राजिव तामाङ अब कुनैपनि बहानमा सडक विस्ताको काम रोक्न नहुने भन्दै कार्यलयको गेटमा भद्र अनसन बसिरहेका हुन् ।

उनीहरुले सडक विस्तारले समग्र देशकै विकास गर्ने भएकाले यसलाई रोक्न नहुँने भन्दै यहि साउन १ गतेबाट गेटमा भद्र अनसन बसिरहेका छन् ।
भद्र अनसन बसिरहेका राजिव तामाङले सरकारले कम भन्दा कम क्षति हुनेगरी सडक विस्तारको उपाय खोज्नुपर्ने बताए । उनले हेटौंडा १५ देखि राप्तिपुलसम्मको क्षेत्रमा पर्ने सरकारी जग्गाहरुको उपयाग गर्दै सडक विस्तार गरे कम क्षति हुने भएकाले सोहि अनुसार गर्नुपर्ने बताएका हुन् । भद्र अनसन रहेका ७३ बर्षीय एक वृद्धा तामाङ् विस्तार कार्यमा आफुहरुको कुनै स्वार्थ नभएको तर यो अस्ताउने उमेरमा समग्र हेटौंडाको विकास बर्षौदेखिको अन्यौलताले निकास पाएको हेर्न चाहेको बताएका छन् । सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा भद्र अनसन बसिरहेका उनीहरु सबैको समर्थनको पर्खाइमा रहेको बताए ।

डभिजन सडक कार्यालय हेटौंडाले असार १० गते महेन्द्र राजमार्गको हेटौंडा–१५  रातोमाटेबाट –बुद्धचोक हुदै राप्तीपुलसम्मको सडक सीमा सड़क केन्द्रबाट २५/२५ गजभित्र पर्ने संरचना हटाउन  सुचना प्रकाशित गरेको थियो । सडक कार्यालयको ३५ दिने सुचनाकाे म्याद यहि साउन १५ गते सकिँदैछ  ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan