Search
Close this search box.

हेटौंडा उपमहानगरले दियो रगत तत्व निर्माण गर्ने मेसिन

हेटौंडा– रक्त तत्व निर्माण गर्ने मेसिनको अभाबका कारण हेटौंडाबाट उपचारकै लागि बाहिरी जिल्ला जानुपर्ने समस्या टरेको छ । दुर्घटना तथा अन्य स्वास्थ्य समस्याका कारण उपचारमा आएका बिरामीलाई आवश्यक पर्ने रगतको बर्ग छुट्याउने मेसिनको अभावका कारण हेटौंडाबाट उपचारका लागि बाहिर जानुपर्ने समस्या अब टर्ने भएको हो ।

रक्त सञ्चार केन्द्र हेटौंडालाई रगत बर्गिकरणका लागि आवश्यक पर्ने १५ लाख रुपियाँ बराबरको मेसिनरी सामग्री दिएसँगै यहाँको समस्या टरेको केन्द्रका प्रमुख टंक दाहालले बताए । उनले भने ‘पहिला बर्गिकरण नगरी रगतको मात्र बितरण गर्दै आएका थियौं, अब बर्गिकरण गरेर रगत दिन सक्ने भएका छौं ।’ हेटौंडामा उपचार गरीरहेका बिरामि यहि रगत बर्गिकरणको समस्यले बाहिरी जिल्ला जानुपर्ने बाध्यता अब टरेको प्रमुख दाहालले बताए ।

मेसिनले प्लाजमा, प्लेटलेट र प्याकसेल निर्माण गर्ने गर्दछ । अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त सिंगो वर्गीकरणका लागि आवश्यक महत्वपुर्ण उपकरणहरु उपमहानगरपालिकाले दिएको हो । उपमहानगरपालिकाले आवश्यक सहयोग गरेसँगै फागुनबाट सेवा सुरु भएको रक्त तत्व वर्गीकरण मेसिनको सुक्रबार रक्त सञ्चार स्थापाना दिवसको अवसर पारेर उद्घाटन गरीएको छ ।

उपमहानगरले प्लाजमालाई जिवित राख्नका लागि आवश्यक फ्रिज सहितको उपकरण दिएको हो भने अमेरिकन रेडक्रसले वर्गीकरण छुट्याउनका लागि आवश्यक मेसिन दिएको रक्त रञ्चार केन्द्रले जनाएको छ । २०५२ सालमा स्थापना भएको सञ्चार केन्द्रले सञ्चालनमा ल्याएको बर्गिकरण मेसिनका लागि मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागि ७ लाख रुपियाँ खर्च गरेको प्रमुख दाहालले बताए ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेडाई, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan