हेटौंडा–राष्ट्रिय फुटबल टिममा छनौट भएका हेटौंडा–१६ निवासी छिरिङ लामालाई १६ नम्बर वडा कार्याल्यले बधाई ज्ञापन गरेको छ । राष्ट्रिय टिममा छनौट हुनु हेटौंडा र हेटौंडा १६ नम्बर वडाबासीका लागि गौरवको विषय भएको भन्दै लामालाई एक कार्यक्रमकाबीच बधाईका साथ शुभकामना व्यक्त गरिएको हो ।
राजन दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष तथा सामाजिक विकास संयोजक रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य गुरु प्रसाद ढकाल, चेतनशील दुग्ध उत्पादक सहकारी अध्यक्ष महेश ढकाल, सदस्य राम प्र तिमिल्सिना, समाजसेवी, शिक्षाकर्मी एवम् राजनीतिकर्मी वसन्त लामिछाने, विष्णुमान श्रेष्ठ, शेखर पोख्रेल, गोविन्द दुलाल, विनोद पोख्रेल, उद्धव प्रसाद दुलाल, कृष्ण बहादुर थापा, लक्ष्मीनारायण टोल विकास समिति अध्यक्ष शिवप्रसाद गौतम, बाल सञ्जालका अध्यक्ष उज्जवल कोईराला लगायतको आतिथ्यता रहेको थियो ।

