Search
Close this search box.

उपमहानगरपालिकाले आवधिक योजना बनाउँदै

हेटौंडा–दीर्घकालीन विकासको लागि हेटौंडा उपमहानगरपालिकाले पञ्च वर्षीय आवधिक योजना निर्माण गर्ने भएको छ । नगरको बिकासका कामलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि उपमहानगरपालिकाले आवधिक योजना र अध्यकालिन खर्च संरचना तर्जुमा निर्माण थालेको हो ।

उपमहानगरले बनाएको ५ बर्षे लक्ष्यलाई कार्यान्वयन गरउँदै नगरको आर्थिक, समाजिक, पुर्वाधार बिकास र सम्भावनाको आंकलन गर्दै नगरलाई अव्बल बनाउँन मद्दत गर्ने बताइएको छ । करिब ४ महिनाको समय सिमा अवधि राखेर उपमहानगरले आवधिक योजना निर्माण थालेको हो । योजना निर्माणका क्रममा बागमती प्रदेशको राजधानी शहरको रुपमा रहेको हेटौंडाको दीगो विकास र सम्भावनाको आंकलन गरिने उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले बताए । आवधिक योजनाले नगरमा निर्मा हुने गौरवका योजना कार्यान्वयका लागि संघ, प्रदेशसँग समन्वयका लागि भूमिका खेल्ने उनले बताए ।

उनका अनुसार महानगरको लक्ष्य लिएर अघि बढिरहेको उपमहानगरपालिकालाई आवधिक योजनाले यहाँको समग्र बिकासको गतिविधि र सम्भावनालाई (जिआइएस) प्रविधिमार्फत जोडेर वडागत देखाउन सकिने गरी काम अघि बढाइएको हो । योजना निर्माण पुर्व उपमहानगरले निर्माण गर्ने आवधिक योजनाबारे आइतबार छलफल गरिएको छ । हेटौंडा नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाई, महाशाखा प्रमुख, शाखा प्रमुख बिच परामर्शदाता सस्थाले अभिमुखिकरण गरेको छ । योजना अनुसार सोमबार देखि नगरका बिभिन्न वडाहरुको बेसलाईन सर्भे सुरु गरिने भएको छ ।

सर्र्भे मार्फत नगरका वडाहरुको भौगोलिक सुचना प्रणालिमा आधारित तथ्याङक संकलन गर्ने कार्य थालिने छ । योजना निर्माण अन्तरगत सोमबार साउन १५ देखि १९ गते सम्म प्रत्यक वडाहरुमा पुगी पहिलो चरणको सर्भे हुने छ । नगरको सामाजिक तथा आर्थिक बिकासका लागि उपलव्ध साधन श्रोतको परिचालन गरी लक्ष्य नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चाहिने श्रोतको पहिचान गर्ने दस्तावेज आवधिक योजना भएको बताइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan