Search
Close this search box.

हाम्रो घर बालगृहमा आश्रित बालबालिकालाइ खिर

हेटौंडा – रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजनामा साउन १५ गते खिरखाने दिनको अवसरमा हेटौंडा–५ सिचाइ टोलस्थित हाम्रो घर बालगृहमा आश्रित बालबालिकालाई खिर खुवाएको छ । आज सोमबार बिहान एक कार्यक्रमका बीच बालगृहमा आश्रित २४ जना बालबालिकालाई खिर खुवाएको हो ।

रोटरी क्लबका सचिव मनोज ढोडारीको संयोजनमा भएको खिर खुवाउने कार्यक्रम क्लबका अध्यक्ष अन्जनी कुमार पराजुलीको अध्यक्षता रहेको थियो । खिर खुवाउने कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष विजयलाल श्रेष्ठ , संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापती , निवर्तमान अध्यक्ष कृष्ण बहादुर कार्की , रोट्र्याक्ट क्लब अफ मकवानपुरको अध्यक्ष राजन कटुबाल लगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan