Search
Close this search box.

हेटौंडाको सडक विस्तार नभए आत्मदाहको चेतावनी

हेटौंडा– दुई साता देखि डिभिजन सडक कार्यालयको गेटमा धर्नामा रहेका हेटौंडा ८ का बाबुछोराले सडक विस्तार नगरे सामुहिक आत्मदाह गर्ने चेतावनीसहित हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामालाई ज्ञापनपत्र बुझाएका छन् ।

राजमार्ग क्षेत्रमा पर्ने घर टहरा भत्काएर सडक विस्तार गर्ने भन्दै पटकपटक तयारी गरिँदै रोकिँदै आएकाले दूर्घटना बढ्नुका साथै बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्नबाट पछि हट्न नहुने माग राख्दै साउन १ गतेबाट ७३ वर्षीय मानबहादुर तामाङ सहित उनका ३४ बर्षिय छोरा राजिव तामाङ सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बस्दै आएका छन् । उनीहरुले सडक बिस्तारको पक्षमा अडिग रहन आग्ह गर्दै नगर प्रमुख लामालाई हस्तलिखित ज्ञापनपत्र बुझाएका हुन् । विकासप्रेमी अभियान्ताको रुपमा पत्र बुझाउनका लागि धर्ना बसेका बाबु छोराको साथमा हेटौंडा–८ का रामकृष्ण अघिकारी र रामचन्द्र तामाङ पनि सहभागी थिए ।

एसियन हाईवेको रुपमा रहेका राजमार्ग बिस्तार नहुँदा अन्य जिल्लाको तुलनामा हेटौंडा पछि परेको भन्दै सडक विस्तारले समग्र देशको विकासमा मद्दत गर्ने भन्दै यसलाई रोक्न नहुँने बताएका छन् । उनले अनसनमा बस्नुको कुनै स्वार्थ नभएको भन्दै हेटौंडालाई सुन्दर बनाउने तर्फ हाम्रो ध्यान रहेको भन्दै नगर प्रमुखले यसमा साथ दिन आग्रह गरे । बर्षौदेखिको सडक फराकिलो बनाउने कार्य बिभिन्न बहानामा पूरा नभकाले यसलाई अब रोक्न नहुने उनीहरुले बताए ।

सडक डिभिजन कार्यालयमा मार्फत सडकका घर टहरा हटाउँन जारी भएको सुचनाको समय १५ गते सकिने अवधि सम्म अनसन बस्ने र १६ गतेबाट काम सुरु नभए आमरण अनसन बस्ने ज्ञापन पत्रमा उल्लेख छ । अहिलेको अवस्थामा पनि हेटौंडाको संरचना भत्काउने कुराबाट सडक डिभिजन कार्यालय हटेमा कुनै पनि बेला सामुहिक आत्मादाह गर्नबाट पछि नहट्ने ज्ञापनपत्रमा उल्लेख छ ।
डिभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते राजमार्गको हेटौंडा–१५ रातोमाटेबाट बुद्धचोक हुँदै राप्तीपुलसम्मको दायाँ बायाँ सडक २५÷२५ गजभित्र पर्ने संरचना हटाउन सूचना प्रकाशित गरेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan