महोत्तरी – “स्तनपानमैत्री कार्यस्थलनको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता” भन्ने मुल नाराका साथ महोत्तरीमा विश्व स्तनपान दिवस सप्ताह ब्यापी रुपमा अगष्त १ तारिखदेखि ७ अगष्तसम्म मनाइएको छ ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगका साझेदारीमा एकिकृत ग्रामिण विकास समाज महोत्तरीले संचालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाद्वारा एकडारा गाउँपालिकामा स्वास्थ्य आमा समूहसँग स्तनपानको महत्वको बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
एकडारा गाउँपालिकाका १२ वटा स्वास्थ्य आमा समूहसँग गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य संयोजक महेन्द्र मण्डल लगायत स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले स्तनपानको महत्व, आवश्यकताको बारेमा जानकारी दिएका थिए भने शिशुलाई स्तनपान कसरी गराउने भन्ने बारेमा प्रयोगात्मक रुपमा प्रस्तुत समेत गरिएको संस्थाका फिल्ड अफिसर पंकज सिंहले जानकारी दिए ।
पछिल्लो समयमा स्तनपान गराउने अभ्यास घट्दै गइरहेको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम प्रभावकारी रहेको र गर्भ जाँच तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने विषयलाई समेत समेटेर अन्तरक्रिया कार्यक्रम गरिएको कुरा एकडारा गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र मण्डलले बताए ।
यसैबीच संस्थाले स्तनपानलाई प्रवद्र्धन गर्ने उद्देश्यले एकडारा गाउँपालिकाको ३ स्थान र सम्सी गाउँपालिकाको ४ स्थानमा सन्देशमुलक भित्तलेखन समेत गरेको जानकारी संस्थाका पोषण कार्यक्रम अधिकृत भुपेन्द्र निरौलालो जानकारी दिए ।
विश्व स्तनपान सप्ताहकै अवसरमा मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा जनकपुरधामको विभिन्न स्थानमा स्तनपान सम्बन्धी सन्देशमुलक होर्डिङ राखिएको समेत कार्यक्रम अधिकृत निरौलाले जानकारी दिए ।

