Search
Close this search box.

विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएपछि कृष्ण आदर्श विद्यालयमा ३ दिन बिदा

हेटौंडा–विद्यार्थी र शिक्षकहरुमा आँखा पाक्ने समस्या बढ्दै गएपछि हेटौंडा–९ मा रहेको कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुल ३ दिनको लागि बन्द भएको छ । एक हप्ताअघिदेखि विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखिँदै आएकोमा मंगलबार एकैदिन २ सय जनाभन्दा बढी विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीहरु तथा शिक्षकहरुमा आँखा पाक्ने समस्या अत्याधिक बढ्दै गएपछि सबैको स्वास्थ्यलाइ ध्यानमा राख्दै अभिभावकको अनुरोधमा विद्यालयको पठनपाठन २४ गते बुधबार देखि २६ गते शुक्रवार सम्मको लागि बन्द गरिएको विद्यालयका सञ्चालक नविन केसीले जानकारी दिए ।

‘एक हप्ताअघिदेखि दैनिक ५–१० जना विद्यार्थीमा आँखा पाक्ने समस्या देखिँदै आएको थियो । आज त एकैदिन २ सय जनाभन्दा बढी विद्यार्थीमा समस्या देखिएपछि बाध्य भएर विद्यालय बन्द गर्नुपर्यो ।’ सञ्चालक केसीले भने–‘अभिभावकहरुले पनि विद्यालय बन्द गर्न अनुरोध गरेकाले सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयमा बिदा दिइएको हो ।’

विद्यालयमा करिब ६ सय जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुलाई आँखा पाक्ने समस्या महामारीको रुपमा फैलिएको भन्दै विद्यालयले घरमा उनीहरुको उचित हेरचाह गर्न अनुरोध गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan