हेटौंडा, २७ साउन– विशेष आन्तरिक अभियानमा होमिएको नेपाली कांग्रेसको अभियानलाई सफल पार्न नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिले हेटौँडाका १९ वडामा प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको शुक्रबार बसेको बैठकले कांग्रेसको अभियानको रुपमा चलिरहेको विशेष आन्तरिक अभियानका लागि हेटौँडाका १९ वडामा प्रतिनिधि खटाएको हो ।
कांग्रेस हेटौँडा नगर सभापति उत्सव इटेनिको सभाध्यक्षतामा समितिको शुक्रबार बसेको बैठकले शनिबार र आइतबार वडास्तरीय विशेष आन्तरिक अभियानका केन्द्रीय कार्य समितिको कार्यविधि अनुसार वडा सभापति,जिल्ला प्रतिनिधि,प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिको प्रत्यक्ष सम्पर्कमा रहने गरी प्रतिनिधि खटाइएका कांग्रेस हेटौँडा नगर सचिव हर्क रत्न लामाले बताएका छन् । बैठकमा कांग्रस बागमती प्रदेश सदस्य तथा प्रदेश प्रतिनिधि कैलाश कोइराला, जिल्ला प्रतिनिधि प्रभात कुमार दाहाल, लगायत नेपाली कांग्रेस हेटौँडा नगरकार्य समितिका पदाधिकारी,हेटौँडाका कांग्रेसबाट निर्वाचित वडाअध्हरुको सहभागिता रहेको थियो ।
त्यसैगरी कांग्रेस हेटौँडा नगर कार्य समितिले विभिन्न विभागमा संयोजक र सह–संयोजक चयन गरेको छ । कांग्रेस हेटौँडाले प्रशिक्षण विभाग संयोजकमा नगर उपसभापति रामकृष्ण कोइराला र सह–संयोजकमा लिलानाथ ढुङ्गेल त्यसैगरी संगठन विभाग संयोजकमा कुमार पौडेल र सह–संयोजकमा कुमार तिम्लसिना र महिला संयोजकमा नगर उपसभापति डोल्मा स्याङ्बो र तरुण तथा नेपाल विद्यार्थी संघ संयोजकमा हर्क रत्न लामालाई जिम्मेवारी दिइएको नगर सभापति उत्सव ईटेनीले बताएका छन् । नेपाली कांग्रेस हेटौँडा नगरकार्य समितिले दैविक विपत र त्यसको उद्धार कार्यका लागि कांग्रेस हेटौँडा सह–सचिव विकास बानिँयाको संयोजकत्वामा ५१ सदस्य नगर सेवा दल समेत गठन गरेको छ । सेवा दलले प्रकोप, महामारीको अवस्थामा उद्धार कार्य गर्ने र प्रशासनसंगको समन्व्यमा प्रकोप, महामारीमा खट्ने ईटेनीले बताएका छन् ।

