Search
Close this search box.

सर्पले टोकेर एक वृद्धाको मृत्यु

विषालु सर्पको टोकाइबाट सर्लाहीको लालबन्दी नगरपालिका १०, मा एक जना वृद्धाको ज्यान गएको छ । बुधबार राति ७४ वर्षीया इन्द्रमाया श्रेष्ठलाई घरमा सुतेकै ठाउमा विषालु गोमन सर्पको टोकाइबाट ज्यान गएको हो ।

सर्पले टोकेपछि बेहोस भएकी श्रेष्ठलाई उपचारका लागि लालबन्दी – १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा थिए ।
तराईका जिल्लामा गर्मी बढेसँगै विषालु सर्पको टोकाइबाट अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan