Search
Close this search box.

२०५ ओैँ यात्रामा सुनिए २ दर्जन गजलकार

हेटाैंडा-गजल मञ्च मकवानपुरकाे २०५ ओैँ गजल यात्रामा करिब २ दर्जन गजलकारहरुले गजल वाचन गरेका छन् । माया प्रेमदेखि समाजका विविध विकृति विसंगति र राजनीतिक असङ्गतिहरु गजलकाहरुले गजलमार्फत प्रस्तुत गरेका थिए ।

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणकाे अध्यक्षतामा भएकाे कार्यक्रममा साहित्यकार/ महाकाव्यकार डा. नवराज लम्सालकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिल, साहित्यकार ओम रिजाल, मञ्चका पूर्वअध्यक्ष दीपक गाैतम, वातावरणविद् श्रवण शर्मा, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्याैपानेलगायतले मन्तव्यका साथ गजल वाचन गरेका थिए ।

त्यस्तै कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष यश लामा, निवर्तमान अध्यक्ष देवराज तिवारी, सल्लाहकार पुरुषाेत्तम आचार्य, गजलकारहरु विष्णु गाैतम, सानू खनाल, ऋषि केबि, विशाल अधिकारी ‘आशुताेष’, रजनी पाैडेल, सुवास सजल, सुनिल गाैतम, अनिल काेइराला, प्रेरक गाैतमलगायतले गजल वाचन गरेका थिए ।

गजल विधाकाे उन्नयन र प्रवर्द्धनमा काम गर्दै आएकाे  गजल मञ्च मकवानपुरले हरेक महिनाकाे पहिलाे शनिबार नियमित गजल यात्राकाे आयाेजना गर्दै आएकाे छ । मञ्चले पछिल्लाे समय विद्यालयहरुमा पुगी गजल प्रशिक्षणकाे कार्यक्रम गरी नवसर्जक केन्द्रित शृङ्खलाहरुसमेत सञ्चालन गरिरहेकाे छ ।


केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan