Search
Close this search box.

सुतेकै अवस्थामा महिलाको मृत्यु

नुवाकोटको ककनी गाउँपालिका–१ ठूलोखोलामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन्। मृत्यु हुनेमा पाँचथर घर भएकी ४६ वर्षीया मनकुमारी सारुमगर रहेको नुवाकोट प्रहरीले जनाएको छ।

उनी ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा श्रीमान् सन्तोष राईसँगै मजदुरका रूपमा कार्यरत थिइन्। उनीहरू गएराति सोही भवनमा सुतेका थिए।

राती श्रीमानले बोलाउँदा नबोलेपछि उठेर हेर्दा मृत अवस्थामा देखिएपछि सन्तोषले प्रहरीलाई जानकारी गराएका थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan