Search
Close this search box.

मकवानपुरे साहित्यकार तुल्सी थापाको निधन

हेटौँडा–साहित्य, शिक्षा र सामाजिक कार्यमा महत्वपूर्ण योगदान गरेका मकवानपुरे साहित्यकार तुलसी थापाको निधन भएको छ । हेटौंडा–११ स्थायी निवासी ७८ वर्षीय थापाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

उनमा निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या थियो । शिक्षण पेशाबाट निवृत्त भएपछि थापाले साहित्य रचनामा विशेष योगदान दिएका थिए । थापाले नेपालमा पहिलो पटक दाना कविता लेखन सुरु गरेर साहित्यमा नयाँ विधाको सुरुवात गरेका थिए । थापाको दाना कविता संग्रह एक निमेष अनन्तको (२०५८), अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१) र कथासंग्रह फरक आकाश (२०७२) प्रकाशित छन् ।

थापा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्ष समेत हुन् । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४, नारायणी वाङ्मय पुुरस्कार (२०५८) सहित विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए । उनले प्रजा विकास कार्यक्रमको अधिकृत भई मकवानपुरको चेपाङ समुदायको उत्थानमा समेत योगदान गरेका थिए । थापाको थापाको पार्थिव शरीर हेटौंडा ल्याएर आजै दाहासंस्कार हुने पारिवारिक स्रोतलाई उदृत गर्दै साहित्यकार निमेष निखिलले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan