Search
Close this search box.

हेटौंडाको वार्षिक स्वास्थ्य समिक्षा, सेवाग्राहीलाई निराश नबनाउन मेयरको आग्रह

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले स्वास्थ्य केन्द्रमा आउने नागरिकलाई मुस्कानसहितको सेवा दिन निर्देशन दिएकी छन् । उपमहानगरमा रहेको स्वास्थ्य सस्थाहरुको आर्थिक बर्ष २०७९/८० को बार्षि समिक्षा गोष्ठीलाई संबोधन गर्दै नगर प्रमुख लामाले सेवा लिन आएका जनतालाई निराश बनाउने वातावरण नबनाउन सुझाब दिइन् । सेवा क्षेत्रमा रहँदा जनप्रतिनिधिको नाम राख्ने गरी काम गर्ने तर्फ ध्यान दिन आग्रह गर्दै स्वास्थ्य क्षेत्रमा रहेको समस्याकोलाई पालिकले समाधान गर्ने बताइन् । उनले अहिले महामारीको रुपमा रहेको डेंगु र आँखा पाक्ने रोगको उपचारको लागि सक्रिय भएर लाग्ने, आवश्यक औषधीको व्यवस्थापन मिलाउन निर्देशन दिइन् ।

कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँले बार्षिक कार्यक्रमबाट भएको उपलव्धी के हो भन्ने देखाउन आवश्यक रहेको बताए । उनले जागिरको लागि मात्र काममा होइन प्रतिफल देखिने गरी काम गर्नुपर्ने बताए । हामी जनताका लागि काममा छौं, कर्मचारीले त्यस तर्फ ध्यान दिन जरुरी रहेको उनको भनाई थियो ।

मंगलबार र बुधबार २ दिन सम्म चलेको बार्षिक समिक्षामा २३ वटा स्वास्थ्य सस्थाका प्रमुखहरुले गरेको कामको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनिहरुले खोप, बिरामि जाँच, क्षयरोग, बृद्धि अनुगमन, पोषण लगाएका स्वास्थ्य सुचकको बारेमो प्रस्तुतिकरण गरेको उपमहानगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब केशब तिमल्सिनाले जानकारी दिए ।

समिक्षामा हेटौंडा उपमहानगरपालिकको जनस्वास्थ्य शाखाको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले नगरमा भएका कामको बारेमा प्रस्तुतीकरण गर्दै खोप, क्षयरोग उपचारमा राम्रो प्रगति रहेको बताए । कार्यक्रमा स्वास्थ्य सस्थाहरुमा भवन, कर्मचारी अभाब, कार्यालय व्यवस्थापन सामग्री आवश्यक रहेको प्रमुखहरुले बताएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan