Search
Close this search box.

जेसीज कपको उपाधि सौराहले हात पार्यो

मकवानपुर – मकवानपुरमा सञ्चालन भएको मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित) लाई ७–२ गोल अन्तरले पराजित गर्दै सौराहले उपाधि हात पारेको हो ।

सौराह जेसीसले उपाधिसँगै नगद रुपैयाँ पनि प्राप्त गरे । यस्तै, उपविजेता भएको आयोजक शाखाले भने ५० हजार रुपैयाँमै चित्त बुझाएका छन् ।

सौराहको तर्फबाट अ सिम भट्टराईले ४ र शिखर लम्सालले ३ गोल गरेका हुन् भने आयोजकको तर्फबाट विवश थिङले २ गोल गरेका थिए ।

सौराहले पालुङ जेसीजलाई र मकवानपुरगढीले वीरगञ्जलाई हराउँदै उपाधिको लागि प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार सूर्योदय जेसीजले प्राप्त गर्दा विधागत उत्कृष्टको पुरस्कार विजेता सौराहका खेलाडीले प्राप्त गरे ।

उत्कृष्ट खेलाडी अ सिम भट्टराई, उत्कृष्ट गोलरक्षक सौगात रिजाल र सर्वाधिक गोलकर्ता शिखर लम्साल घोषित भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगिताको विजेता तथा सर्वोत्कृष्ट खेलाडीहरूलाई मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीन, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan