Search
Close this search box.

कृष्ण आदर्शमा अन्तर विद्यालय जुनियर तेक्वान्दाे प्रतियाेगिता हुँदै

हेटाैंडा- हेटौंडा–९ स्थित, श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलको आयोजनामा भाेलि शुक्रबारबाट अन्तर विद्यालय जुनियर तेक्वान्दाे प्रतियाेगिता हुने भएकाे छ । विद्यालयले बिहीबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै राष्ट्रिय तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएकाे हाे ।

दुइदिनसम्म चल्ने प्रतियाेगितामा मकवानपुरभित्रका संस्थापक र सामुदायिक विद्यालयका विभिन्न ताैल समूहका करिब २ सय जना विद्यार्थीकाे सहभागिता रहने विद्यालयका सञ्चालक नवीन केसीले जानकारी दिए ।

विद्यालय तहमा अध्ययनरत बालबालिकालाई अतिरिक्त क्रियाकलापमा अभिरुचि जगाउनुका साथै शारीरिक रुपमा स्वस्थ बनाउने उद्देश्यका साथ मकवानपुरमै पहिलाेपटक विद्यालयस्तरीय प्रतियाेगिता आयाेजना गरिएकाे सञ्चालक केसीले बताए ।

प्रतियोगिता विश्व तेक्वान्दो महासंघ नियम अनुसार खेलाइने  राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष मदन श्रेष्ठले बताए । ब्ल्याक बेल्ट लिएका खेलाडी विद्यार्थीले भने प्रतियाेगितामा भाग लिन पाउने छैनन् । छात्र तथा छात्रातर्फ छुट्टाछुट्टै विभिन्न १५ वटा ताैल समूहमा खेल खेलाइनेछ ।

प्रतियोगितामा एक खेलाडीले तेक्वान्दो र पुम्से कुनै एक वा दुवै विधामा सहभागिता जनाउनेछन् । प्रतियाेगिताकै बीच  छात्राहरुलाई यौनजन्य दुब्र्यवहार बिरुद्धको सचेतना तथा आत्मरक्षा तालिम समेत प्रदान गरिने बताइएकाे छ । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको समन्वयमा तालिम हुनेछ ।

केन्द्रका अध्यक्ष राम बिष्टले पछिल्लो समयमा बालिकामाथि यौनजन्य दूब्र्यवहारहरु बढ्दै गएकोले सम्भाव्य जाेखिममा प्रतिकारका लागि केन्द्रले आत्मरक्षा तालिम प्रदान गर्न लागेको बताए । पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराई, प्रतियोगिताका संयोजक रोशिक श्रेष्ठलगायतको उपस्थिति रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

कृष्ण आदर्शमा अन्तर विद्यालय जुनियर तेक्वान्दाे प्रतियाेगिता हुँदै

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

कृष्ण आदर्शमा अन्तर विद्यालय जुनियर तेक्वान्दाे प्रतियाेगिता हुँदै

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

कृष्ण आदर्शमा अन्तर विद्यालय जुनियर तेक्वान्दाे प्रतियाेगिता हुँदै

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

कृष्ण आदर्शमा अन्तर विद्यालय जुनियर तेक्वान्दाे प्रतियाेगिता हुँदै

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

कृष्ण आदर्शमा अन्तर विद्यालय जुनियर तेक्वान्दाे प्रतियाेगिता हुँदै

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

कृष्ण आदर्शमा अन्तर विद्यालय जुनियर तेक्वान्दाे प्रतियाेगिता हुँदै

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

कृष्ण आदर्शमा अन्तर विद्यालय जुनियर तेक्वान्दाे प्रतियाेगिता हुँदै

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

कृष्ण आदर्शमा अन्तर विद्यालय जुनियर तेक्वान्दाे प्रतियाेगिता हुँदै

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan