्चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

काठमाडौं – उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगर्ने चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश दिएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगरिएको भन्दै चलचित्र ‘प्रकाश’का निर्देशक, लेखकसहितले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश श्यामजी श्रेष्ठको इजलासले सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण देखाउन बोर्डका नाममा आदेश जारी गरेको हो ।

बोर्डलाई विपक्षी बनाउँदै चलचित्र ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र चलचित्र छायांकनस्थल जुम्लाका स्थानीय मीनराज आचार्यले रिट दायर गरेका थिए । उनीहरूले रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउन र कारण देखाउन परमादेशको माग गरेका थिए ।

राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा बोर्डले सर्वोत्कृष्ट विधा खाली राखेर अवार्ड वितरण गरेको थियो । एक जुरी सदस्यले आफूहरूले सर्वोत्कृष्ट विधाका ‘प्रकाश’लाई सिफारिस गरेको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...