Search
Close this search box.

्चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

काठमाडौं – उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगर्ने चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश दिएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगरिएको भन्दै चलचित्र ‘प्रकाश’का निर्देशक, लेखकसहितले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश श्यामजी श्रेष्ठको इजलासले सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण देखाउन बोर्डका नाममा आदेश जारी गरेको हो ।

बोर्डलाई विपक्षी बनाउँदै चलचित्र ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र चलचित्र छायांकनस्थल जुम्लाका स्थानीय मीनराज आचार्यले रिट दायर गरेका थिए । उनीहरूले रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउन र कारण देखाउन परमादेशको माग गरेका थिए ।

राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा बोर्डले सर्वोत्कृष्ट विधा खाली राखेर अवार्ड वितरण गरेको थियो । एक जुरी सदस्यले आफूहरूले सर्वोत्कृष्ट विधाका ‘प्रकाश’लाई सिफारिस गरेको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

्चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

्चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

्चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

्चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

्चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

्चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

्चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

्चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan