हेटौंडा– हेटौंडा–१ स्थित तरकारी मन्डी नजिकबाट राप्तीखोलाले बगाउँदा हेटौंडाका एक बालकको मृत्यु भएको छ । आज दिउँसो करिब १ बजेको समयमा नुहाउने क्रममा राप्तीखोलाले बगाउँदा हेटौंडा–४ भैरवरोडका १० वर्षीय संसाद अन्सारीको मृत्यु भएको हो ।
मृतक बालकका बुबा फिरज अन्सारीसहित परिवार नै खोलामा नुहाउन पुगेका थिए । नुहाउने क्रममा बगाएका बालकलाई ५०० मिटर तल राप्ती पुल नजिक बेहोस अबस्थामा फेला पारी उपचारको लागि हेटौडा हस्पिटल ल्याएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको शव हेटौंडा अस्पतालमै रहेको छ ।
केही प्रतिक्रिया छ कि ?

