Search
Close this search box.

एमाले बागमती प्रदेश अधिवेशनले औँल्यायो यस्तो समस्याः नेतृत्वसँगै नजिकिएर लाभ लिन खोज्ने प्रवृत्ति

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशले नेता÷कार्यकर्ताहरुमा रहेका विभिन्न समस्या औंल्याएको छ। अधिवेशनका क्रममा प्रस्तुत प्रतिवेदनमा कार्यकर्ताहरुले नेताहरुलाई भेट्नुलाई मुख्य काम ठानिरहेको बताइएको छ।

समस्याहरुमा भनिएको छ, ‘कार्यकर्तामा योग्यता, क्षमता, क्रियाशीलता, इमान्दारिता र जनाधारभन्दा नेतृत्वसँगै नजिकिएर लाभ लिन खोज्ने प्रवृत्ति बढ्दो छ। अर्थात विभिन्न ुनेताहरूलाई भेट्ने काम नै पार्टीको मुख्य कामु हो भन्ने बुझाइ बढ्दो छ।’

नेताहरुमा पनि योग्यता, क्षमता र क्रियशिलताका आधारमाभन्दा निकटता आधारमा जिम्मेवारी दिने प्रवृत्ति बढेको बताइएको छ । यसैगरी पार्टीका विभिन्न तहमा आफूलाई केन्द्र भागमा राखेर सोच्ने, योजना वनाउने र चल्ने व्यक्तिबादी प्रवृति बढ्दो रहेको समेत उल्लेख गरिएको छ ।

युवा पुस्तामा पार्टीप्रतिको आकर्षण कमजोर रहेको बताउँदै आगामी दिन एमालेका लागि चुनौतीपूर्ण रहेको बताइएको छ। ‘राजनैतिक, वैचारिक प्रशिक्षणको अभावमा पार्टी पंक्ति दिशाविहीन बन्ने खतरा छ । पार्टी कमिटीहरू ठूला भएका कारण बैठकमा कोरम नपुग्ने, कार्ययोजना नबन्ने, कमिटीमा दोहोरो छलफल हुन नसक्ने हुँदा कमिटी प्रणाली लगभग समाप्त जस्तो छ,’ प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी विभिन्न जिल्लाहरूमा बहुआयामिक अन्तरविरोधका कारण पार्टी एकता कमजोर बनेको भनिएको छ । पार्टी कमिटीहरु स्वचालित हुने छाडेर माथिको भर पर्ने तथा निर्देशनमुखी बनिरहेको उल्लेख गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan