Search
Close this search box.

आइपिओ जारी गर्दै आयल निगम

काठमाडौँ– नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने योजना बनाएको छ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंगलबार नेपाल एलपी ग्यास उद्योग संघको २८ औँ वार्षिक साधारणसभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी भइरहेको बताएका हुन् । उनले कम्तीमा दुईवटा आर्थिक वर्षमा फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले आईपीओ जारी गर्न निगम प्रतिबद्ध रहेको बताए। उनले सर्वसाधारणलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने पनि जानकारी दिए ।

व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आईपीओ दिने तयारी रहेको थानीको भनाइ थियो । विभिन्न प्राविधिक पक्ष रहेकाले केही समय लाग्ने पनि उनले बताए ।

थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको बताए। ‘कम्तीमा दुई आर्थिक वर्ष फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने व्यवस्था छ, निगम यसमा प्रतिवद्ध छ’, उनले भने, ‘अब जनतालाई नै ओनरसिप बनाउने हो।’

विभिन्न प्रक्रियागत तयारी गर्नुपर्ने भएकाले सर्वसाधारणलाई सेयरधनी बनाउन केही समय लाग्ने थानीले बताए। ‘सबैले निगमप्रति ओनरसिप लिनका लागि पनि आईपीओ जारी गर्नैपर्छ’ उनले भने, ‘व्यवसाय स्टेकहोल्डरहरुलाई पनि दिने र केही आमजनतामा दिनेगरी तयारी गरिरहेको अवस्था छ।’

सरकारमातहतका ३६ वटा सार्वजनिक संस्थानमध्ये नेपाल आयल निगममा सरकारको सतप्रतिशत लगानी छ। यदि आईपीओ जारी गर्न दिएमा त्यसमा जनताको पनि स्वामित्व हुनेछ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

आइपिओ जारी गर्दै आयल निगम

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

आइपिओ जारी गर्दै आयल निगम

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

आइपिओ जारी गर्दै आयल निगम

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

आइपिओ जारी गर्दै आयल निगम

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

आइपिओ जारी गर्दै आयल निगम

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

आइपिओ जारी गर्दै आयल निगम

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

आइपिओ जारी गर्दै आयल निगम

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

आइपिओ जारी गर्दै आयल निगम

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan